Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुण्य प्राप्तीका लागि रुकुमकोटमा गरिएको महारुद्री सम्पन्न

२०७९ साउन २१
tribeni2

रुकुम पूर्व : रुकुम पूर्वको रुकुमकोटमा सञ्चालन भएको महारुद्री शनिबार सम्पन्न भएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित कमल दहको छेउ एवम् जिल्ला प्रहरी कार्यालयका प्राङ्गणमा रहेको शेर मुक्तेश्वर शिवालयमा धुमधामका साथ महारुद्री सम्पन्न भएको हो ।

नेपाल ज्योतिष परिषद रुकुम पूर्व र सनातन हिन्दु धर्म परिषदको संयुक्त आयोजनामा शिवको रुद्ररुपको सम्झना स्वरुप रुद्री सम्पन्न गरिएको नेपाल ज्योतिष परिषद लुम्बिनी प्रदेशका उपमहासचिव मदन शर्माले बताउनुभयो ।

शताब्दिऔ अगाडी चन्द्र समशेरले रुकुमकोटकी चेली कर्मकुमारीलाई बिहे गरेका थिए । पछि कर्मकुमारीका बुबा शेरबहादुर शाहको मृत्यु भएको र बुबाको मृत्युपछि त्यतिबेलै छोरी कर्मकुमारीले बुबाको आत्माको मुक्तिको लागि शेर मुक्तेश्वर शिवालय भनेर स्थापना गरिएको भन्ने भनाई रहिआएको छ । त्यतिबेलै ठुलो महारुद्री पुजा गरिएको तर त्यभन्दा पछि पुजा गरियो या गरिएन भनेर कसैलाई थाहा नभएको शर्माले बताउनुभयो ।

प्रत्येक वर्षको शिवरात्रीमा भने सामान्य पुजापाठ हुँदै आएको छ । सबैको शान्ति, मेलमिलाप र युगौ अघिको कुरालाई जिवन्त दिने तथा विशेष गरी साउनको महिनामा शिवको पुजा गरे पुण्य प्राप्त हुन्छ भन्ने उद्धेश्यले महारुद्रिको आयोजना गरिएको शर्माले बताउनुभयो । हिन्दु धर्ममा आस्था राख्नेहरुको उत्साहित सहभागितामा महारुद्री पुजा सम्पन्न भएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्