Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
नदिमा बेपत्ता

बर्दियामा दुई जना बेपत्ता

बर्दिया १ बैशाख ।
tribeni2

बर्दियाको मधुवन नगरपालिका कोठियाघाट पुल नजिक कर्णाली गेरुवा नदीमा पौडि खेल्ने क्रममा दुइ जना बेपत्ता भएका छन् ।

दिउँसो कर्णाली नदीको भंगालो गेरुवा नदीमा पौडि खेल्ने क्रममा डुबेर बाँके कोहलपुरका १७ वर्षिय दिपेन्द्र कार्की र कैलालीको लम्कीका १८ वर्षिय प्रज्वल कोइराला बेपत्ता भएको बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए ।

नदीमा बेपत्ता भएका दुबै जनाको नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरीरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  २१:०४
प्रतिक्रिया दिनुहोस्