Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिम्रुतु - रुँघा सडकखण्ड एक हप्तादेखि अवरुद्ध

२०७९ साउन २२
tribeni2

रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अन्तर्गत सिम्रुतु - रुँघा - कालोपोखरा जोड्ने सडकखण्ड दुई हप्ता देखि पहिरोले अवरुद्ध भएको छ । निरन्तरको बर्षाको कारण आएको पहिरोले सडक अवरुद्ध भएको हो ।

एक साता देखि अवरुद्ध रहेको उक्त सडक खण्डमा यात्रुलाई आउजाउ गर्न समस्या भएको छ । स्थानीय दल बहादुर पुनका अनुसार सिम्रुतु शिक्षा क्याम्पस देखि माथी र रुँघा गाउँ देखि तलको बिभिन्न स्थानमा पहिरो आएको छ । क्याम्पस भन्दा माथी एक हप्तापहिला नै पहिरो झरेको थियो भने रुँघा गाउँ भन्दा तल गएराति पहिरो गएको हो ।

पुनका अनुसार एक साता देखि बन्द उक्त बाटोमा पैदल यात्री हिड्न समेत असहज भएको छ । पहिरोले सडक अवरुद्ध भएपछि त्रिवेणी गाउँपालिकाको १ र २ नम्बर वडामा जाने बाटो पुरै ठप्प भएको छ । सोहि बाटो हुँदै चुन्वांग र रोल्पा जाने यात्रुहरुलाई समेत प्रभाव परेको छ ।

गत साउन ३ गतेका दिन सोहि सडकखण्डको बल्लेमा पहिरो जाँदा पनि सडक अवरुद्ध भएको थियो । त्यो बेला स्थानीय १६ जनाले व्यक्तिगत रुपमा रकम उठाएर जेसिबिको खर्च बेहोरेका थिए । स्थानीय लक्ष्मण ओली, मोहनकिशोर ओली, लिलामणी दाहाल लगायतले पैसा उठाएर बाटो खुलाएका थिए ।

हाल बन्द अवस्थामा रहेको उक्त सडकखण्ड सुचारु गरिदिन स्थानीयले स्थानीय सरकारलाई माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्