Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर संकलक सुवर्णको अरिंगालले टोकेको तीन दिनपछि मृत्यु

जिल्लाले उत्कृष्ट भलिबल खेलाडि गुमायो
tribeni2

रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका अन्तर्गत कर संकलन केन्द्र झुल्नेटामा कर संकलक पदमा कार्यरत सुवर्ण सुनारको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ३८ वर्षिय सुनारको अरिंगालको टोकाईको कारण मृत्यु भएको बताईएको छ। तीन दिन अगाडी अरिंगालले टोकेका सुनारलाई आईतबार उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको हो । सुवर्ण साथीहरुसंग सल्यानको वाफुखोलामा अरिंगाल झार्न गएको बेला अरिंगालले टोकेका थिए ।

अंरिगालले टोकेपछि तीन दिनसम्म झुल्नेटामा रहेको नीजि स्वास्थ्य संस्थामा उपचार भैरहेको र थप उपचारका लागि आज नेपालगञ्ज लैजादै गर्दा बाटोमै सुनारको मृत्यु भएको परिवावारिक श्रोतले जनाएको छ । उहाँको शरिरमा ५० भन्दा बढी ठाउँमा अरिंगालले टोकेका घाउ रहेका थिए ।

गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव समेत रहनुभएका सुवर्ण जिल्लाकै उत्कृष्ट भलिबल खेलाडि र रेफ्रि समेत हुनुहुन्थ्यो ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०४:०८
प्रतिक्रिया दिनुहोस्