Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोका कारण खाेपिचारको सामुदायीक भवन जोखिममा

२०७९ साउन २२
tribeni2

रुकुम पूर्व : रुकुम पूर्वमा रहेको एक सामुदायीक भवन पहिरोको उच्च जोखिममा रहेको छ । निरन्तरको वर्षाको कारण आएको पहिराले जिल्लाको सिस्ने गाउँपालिका ६ को खोपिचारमा सामुदायीक भवन उच्च जोखिममा परेको हो ।

सामुदायीक भवनका अध्यक्ष हस्तबहादुर बुढाका अनुसार गए रातीदेखि पहिरो जाने क्रम रोकिएको छैन । पहिरो झर्दै गएपछि दुई कोठे सामुदायिक भवनको आँगन समेत पहिरोमा मिसिएर झरेको छ ।

भवन नजिकको भूभाग खस्दै गएपछि सामुदायीक भवनको भित्ता चर्किएको सिस्ने गाउँपालिका ५ का बिरस थापाले बताउनुभयो । उहाँका अनुसार सामुदायीक भवनमा बिभिन्न समुह तथा सामाजिक बिषयमा बैठक तथा छलफल हुने गरेको थियो । डिभिजन वन कार्यालयले आगो नियन्त्रणका लागि दिएका सामाग्रीहरु समेत सोहि भवनमा राखिएको थापाले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्