Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा हावाहुरीले मकैबालीमा क्षती, पहिरोले घर र बिद्युत आयोजनामा क्षति

२०७९ साउन २२
tribeni2

रुकुम पूर्व : हावाहुरीको कारण जिल्लाको बिभिन्न स्थानमा लगाइएको मकै बालीमा क्षती पुगेको छ । हावाहुरीले मकैबारीमा क्षती पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । शुक्रबार र शनिबार रातीको वर्षासँगैको हावाहुरीले मकैबालीमा क्षती पुर्यापछि किसानहरु समस्यामा परेका हुन् ।

हावाहुरीको कारण यसपाली लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका वडा नम्बर ५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताउनुभयो । किसानले लगाएको सबै मकै ढलेपछि ६ महिना धकेल्ने अन्नको अभाव हुने बोहोराले दुखेसो सुनाउनुभयो ।

यस्तै भूमे गाउँपालिकाको ९ नम्बर वडामा पनि हावाहुरीले मकै बालीमा ठुलो क्षती पुर्याएको छ । यस वडाको च्याङचुङमा अहिले कतै पनि ठाडो मकै देख्न नसकिने गन्जु खड्काले बताउनुभयो । वर्षासँगैको हावाहुरीले मकै सखाप त पार्यो नै, वर्षाको कारण उहाँको गोठ समेत भत्किएको छ । च्याङचुङमै दलबहादुर खड्का र विमला खड्काको घर पनि पहिरोको जोखिममा परेको उहाँले बताउनुभयो ।

भूमे गाउँपालिका ८ को कुचिबाङमा पनि हावाहुरीको कारण मकै बाली सखापै छ । कुचिबाङमा यसअघि नै पहिरोले खानेपानीको मुहानमा क्षती पुर्याउदा त्यहाँका सर्वसाधारणहरु आकाशको पानी संकलन गरेर पीउन बाध्य छन् । शुक्रबार र शनिवारको वर्षाले विद्युत आयोजनामा क्षती गर्दा गाउँ नै अन्धकार भएको त्यहाँका स्थानीयले बताएका छन् । कुचिबाङ खोला लघु जलविद्युत आयोजनाको नहरमा पहिरोले क्षती पुर्याएको छ भने पोल ढलेका छन्, तार पनि चुडिएका छन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा आईतबार बिहान माथीबाट खसेको पहिरोका कारण बिद्युतीय घट्टमा क्षती भएको छ । घट्ट भन्दा १० मिटर माथी रहेको सडकको डिलभत्किदा बिद्युतिय घट्टमा क्षती पुगेको छ । कच्चि सडकको डिल भत्किएपछि डिलसँगै माथीबाट खसेको ढुंगा घट्टको जस्तापाता प्वाल परी घट्ट भित्र पसेको थियो ।

२ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा २०७७ सालमा ५ लाखमा निर्माण गरिएको बिद्युतीय घट्टमा ढुंगाले क्षती पु¥याउदा मकै गहुँ लगाएतका खाद्यान्न पिस्न स्थानीयलाई समस्या भएको छ । मकै गहुा बोकेर घण्टौ हिडेर पिसेर ल्याउनु पर्ने नागरिकका समस्याहरुलाई मध्यनजर गर्दै वडा सरकारले उक्त बिद्युतीय घट्ट संचालनमा ल्याएको थियो । बिद्युत अनियमितताका कारण नियमित रुपमा संचालन गर्न समस्या भएतापनि बिद्युत प्रशारणका समयमा स्थानीयहरुले पिसानीको लागि सहज भएको थियो ।

बिद्युतीय घट्टमा क्षती पुगेसँगै मर्कामा परेका सर्वसाधारणहरु फेरिपनि २, ३ घण्टा हिडेर नायँगाड, किदा लगाएत ठाउँहरुमा जानुपर्ने समस्या दोहोरीएको स्थानीय भरिलाल खड्का जानकारी दिनुभयो ।

यस्तै जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा पहिरोका कारण स्थानीय जोखबहादुर बुढा, गोरे बढा ,पुर्णबहादुर बुढा, लरु बुढाको घर समेत जोखिममा रहेका छन् । वडाकै जनता आधारभुत बिद्यालय नजिकै कोरबास देखि झिङ्री जोड्ने सडकमा ठुला ठुला ढुङ्गाहरु खस्न थालेपछी बिद्यालय आवतजावतमा शिक्षक विद्यार्थीहरुलाई समस्या भएको भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्