Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुनमा ठगि गर्ने दुई भारतिय नागरिक पक्राउ

tribeni2

सल्यान / सुन ठगी गर्ने दुई जना भारतिय नागरिक सल्यानमा पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको भागतपुर जिल्ला, बिहार प्रदेश शेरमारी ग्राम पन्चायत बस्ने ६७ वर्षीय महेन्द्र शाह र गोड्डा जिल्ला, झारखण्ड प्रदेश विश्वासखाने ग्राम पन्चायत बस्ने ५५ वर्षिय पोगो शाह रहेका छन ।

शनिवार उनिहरुलाई बागचौर नगरपालिकामा सुन ठगि गरेको आरोपमा इलाका प्रहरी कार्यालय थारमारे सल्यानले पक्राउ गरेको हो ।

उनिहरुलाई सुन (गरगहना) नयाँ बनाई दिन्छौ भनि प्रलोभनमा पारी सुन टल्काउने क्रममा विभिन्न रसायन प्रयोग गरि आधा भाग भन्दा बढी सुन लुकाई ठगि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

निजहरुलाई सल्यान जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान कार्य सुरु गरिएको बताइएको छ । पक्राउ परेको दुवैजनालाई इलाका प्रहरी कार्यालय थारमारे सल्यानको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्