Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कोरोना प्रभावित वापत आएको रकम वडा सदस्यद्वारा विद्यालयलाई सहयोग

tribeni2
  • हिक्मत प्रोतेल

रुकुम पूर्व : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका एक सदस्यले विद्यालयलाई नगद रकम सहयोग गर्नुभएको छ । पुथा उत्तरगंगा गाउँपालिका १२ का वडा सदस्य बिरमान बि. क. ले श्री ज्योति आधारभूत विद्यालय फल्नैलाई १० हजार रकम सहयोग गर्नुभएको हो ।

गत आर्थिक वर्षको कोरोना प्रभावित राहत वापत आफूलाई सरकारले उपलब्ध गराएको रकम विद्यालयलाई दिएको सदस्य विकले बताउनुभयो । बैदेशिक रोजगारीमा रहेका बेला गत बर्ष उहाँ कोरोनाको कारण घर फर्कनु भएको थियो । उहाँ गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेपाल सरकारले कोरोना प्रभावितलाई १० हजारका दरले राहत दिने निर्णयसँगै वडाले बि. क.लाई पनि राहतको लागि सिफारिस गरेको थियो । उक्त शिर्षकमा प्राप्त रकम शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी भएको सदस्य विकले बताउनुभयो । उहाँले सानो सहयोगले पनि शैक्षिक क्षेत्रमा निकै राहत पुग्ने विश्वास लिएको बताउनुभयो । बिकले उक्त रकम विद्यालयका प्रधानाध्यापक गणेश थापालाई हस्तान्तरण गर्नुभएको हो । सबैले आफुले सकेको सहयोग गरेमा विद्यालयका समस्याहरु समाधान गर्न सरकार गुहार्नु नपर्ने प्रधानाध्यापक थापाले बताउनुभयो ।

यस्तै श्री ज्योति आधारभूत विद्यालयलाई श्री शक्ति आमा समुहले पनि ५० हजार सहयोग गरेको छ । निवर्तमान महिला वडा सदस्य मनिकुमारी छन्त्याल अध्यक्ष रहेको श्री शक्ति आमा समुहले विद्यालयलाई ५० हजार सहयोग गरेको हो । त्यसैगरी विद्यालयलाई इन्द्रेणी युवा क्लबले पनि ५० हजार सहयोग गर्ने भएको छ । क्लबको तर्फबाट पनि विद्यालयलाई सहयोग गर्ने क्लबका अध्यक्ष विकास छन्त्याले बताउनुभयो । अध्यक्ष छन्त्यालका अनुसार अर्को हप्तासम्म क्लबको तर्फबाट सहयोग उपलब्ध गराईने छ ।

सबै तिरबाट प्राप्त भएको सहयोग विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार आवश्यकताको आधारमा खर्च गर्ने समितिका अध्यक्ष भरत घर्तीले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्