Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

१७ दिनपछि बेवारिसे महिलाको शव गाडियो

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ गिलबाङ निपानेमा फेला परेको महिलाको शवलाई आज सोमबार सदगद गरिएको छ ।

गत साउन ६ गते साँझ निपानेको एक गोठमा भेटिएको उक्त महिलाको शवलाई १७ दिनपछि गाडिएको हो । अन्दाजी ३५/४० वर्षिया महिलाको शव भेटिएको १७ दिन पुग्दा सम्म पनि पहिचान खुल्न नसकेपछि नगरप्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले शवको सदगत गरेको हो ।

प्रहरीले सवै प्रक्रिया पुरा गरेर शव मुसिकोट नगरपालिका ३ मुग्लुखोलामा गाडेको जनाएको छ । ६ गते साँझ गिलबाङ निपानेको एक गोठमा शव कुहिएको अवस्थामा भेटिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्