बैतडी

मेलौली महोत्सव आजदेखि, पूर्वअर्थराज्यमन्त्री भण्डारीले उद्घाटन गर्ने

बैतडी २ वैशाख ।

बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि,पर्यटन तथा सास्कृतिक महोत्सव २०७६ सुरु हुँदैछ । ‘सुन्दर सुदुरपश्चिमको सौन्र्दयता हाम्रो सान ,कृषि पर्यटन र सस्कृतिको बिकास गर्ने हाम्रो अभियान ’ भन्ने मुल नाराका साथ मेलौली सुचना तथा सञ्चार समूहको आयोजनामा महोत्सव सुरु हुन लागेको हो ।

महोत्सवको उद्घाटन आज दिउँसो २ बजे प्रतिनिधिसभा सदस्य एवं पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीले गर्ने कार्यक्रम रहेको मेलौली सुचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण बिकले जानकारी दिए ।

स्थानिय भाषा , कला , सस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको बिकासको लागी महोत्सव आयोजना गरिएको हो । शिबनाथ गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बिजोड प्रस्तुती रहने भएको छ । महोत्सवमा बाल उद्यान , कृषि प्रदर्शनी, मौतका कुवा , जादुघर र सुदुरपश्चिमको मौलीक संस्कृति झल्काउने बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिने छ ।

मेलौली भगवती मन्दिरको प्राङ्गणमा सञ्चालन हुने महोत्सव बैशाख ८ गते सम्पन्न हुने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०८:०४
प्रतिक्रिया दिनुहोस्