Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एमाले रुकुमले तोक्यो पालिका इन्चार्ज र निर्वाचन क्षेत्र संयोजक

tribeni2

रुकुम पश्चिम / नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका सबै पालिकाहरुमा ईन्चार्ज र सह इन्चार्ज चयन गरेको छ । मंगलबार मुसिकोट ५ बागबजारस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटिको पाचौं बैठकले जिल्लाका ६ वटै नगर तथा गाउँपालिकाका इन्चार्ज र सह ईन्चार्ज तोकेको हो ।

एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीका अनुसार बैठकले मुसिकोट नगरपालिकाको इन्चार्जमा कर्णबहादुर ओली र सह इन्चार्जमा धनबादुर बिकलाई जिम्मेवारी प्रदान गरेको छ । त्यसैगरी चौरजहारी नगरपालिकाको इन्चार्जमा गणेश अधिकारी र सह इन्चार्जमा धर्मप्रसाद आचार्य, आठबिसकोट नगरपालिकाको इन्चार्जमा पदम बहादुर खड्का र सह इन्चार्जमा बलबहादुर बोहरालाई तोकिएको प्रचार विभाग प्रमुख ओलीले जानकारी दिनुभयो ।

त्यसैगरी बाँफिकोट गाउँपालिको ईन्चार्जमा गणेश केसी र सह ईन्चार्जमा नबिन खत्री, सानीभेरी गाउँपालिकाको ईन्चार्जमा प्रकाश खड्का र सह ईन्चार्जमा दक्ष ओली, त्रिवेणी गाउँपालिकाको ईन्चार्जमा हरिबहादुर खड्का र सह ईन्चार्जमा पदम पुनलाई तोकिएको छ ।

बैठकले निर्वाचन निर्वाचन प्रदेश (क्षेत्रीय) कमिटीको संयोजक र सह संयोजक र सचिवको जिम्मेवारी समेत तोकेको । निर्वाचन क्षेत्र 'क' को संयोजकमा व्युझना पुन, सह संयोजकमा केदार गौतम र सचिवमा लालबहादुर बुढा, निर्वाचन क्षेत्र 'ख' को संयोजकमा मिस्रिलाल पुन, सह संयोजकमा डण्डी कार्की र सचिवमा मोतिराम बिक चयन हुनुभएको छ ।

बैठकले भदौ २७ र २८ अगुवा कार्यकर्ताको लागी २ दिने जिल्ला प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको छ । जिल्ला पार्टी अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा बसेको बैठकको संचालन पार्टी सचिव शशिराम नेपालीले गर्नुभएको थियो ।

बैठकमा प्रमुख अथितीको रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र बहादुर बि. क. र आतिथीहरुमा प्रदेश कमिटी सदस्यहरु कर्ण बहादुर घर्ती, नारायण कुमार शाह, विद्यापति रिजाल, केन्द्रिय सल्लाकार सदस्य गोबिन्द के.सी.को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्