Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथाको रामाझिमा थानमा बराह पुजाको तयारी

tribeni2
  • बरम बुढा मगर

रुकुम पुर्व / रुकुम पुर्वमा जनैपूणिर्माको अवसरमा पुजाको तयारीमा जुटेका छन् । पुथा उत्तरगंगा गाउँपालिकाको प्रसिद्ध धार्मिक स्थल रामाझिमा थानमा पुजा गर्ने तयारीमा स्थानीय जुटेका छन । हरेक वर्ष जनैपूणिर्माको दिन हुने पुजापाठको लागि बराहथान संरक्षण समिति सरसफाइ तथा तयारीमा जुटेका हुन् । पुथा उत्तरगंगा गाउँपालिका १० तकसेराको उच्च भुभाग भुर्कुटी लेकको काखमा रहेको रामाझिमा थानमा पुजा गरेपछि मनोकामना पुरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । यहाँ पुजा गर्नका लागी छिमेकी जिल्ला बाग्लुङ, रोल्पा, दाङ र रुकुम पश्चिम भक्त जनहरु पुग्ने गर्दछन ।

हरेक वर्ष जनैपूर्णिमाको दिन बराह पुजा गरिन्छ । स्थायी तथा अस्थाई रुपमा देशका विभिन्न ठाउँमा बस्नेहरु पुजाको समयमा फर्किएर गाउँ भरिभराउ भएको छ । धार्मिक आस्थाले जिल्ला बाहिर, भित्र तथा स्थानीयहरु बर्सेनि पुजापाठमा सरिक भएको रामाझिमा बराहक्षेत्र संरक्षणका अध्यक्ष रामजित बुढा मगरले बताउनुभयो । अरुबेला घर बाहिर बसे पनि यो समय पुजा गर्न घर फर्किन्छन् ।

तकसेरा गाउँ बाट झन्डै ६/८ घण्टा यात्रामा समुन्द्री सतहबाट ४ हजार मिटर उचाइमा रहेको रामाझिमा बराहा थान पुगेर भक्तजनहरुले भेडाको पाठो बलि चढाउने गर्छन् । उहिले हाम्रो पुर्खा भेडा गोठालो बस्ने बेला रामाझिमामा ऊन पाएपछि सपनामा देवताले यो वर (प्रसाद) घर लगेर जनैपूणिर्माका दिन बराह देवताको नाममा पुजा गर्नु बनेपछि हरेक वर्ष पुजापाठ गर्ने गरेको अध्यक्ष बुढामगरले बताउनुभयो ।
भाकल पूरा गर्न छिमेकी बस्ती र बाहिरी जिल्ला बाट वर्षाको झरीमा रुज्दै रामाझिमामा पुग्ने धेरै छन् । अहिले ऊनको वर पाउनेका सन्तानहरुलाई तकसेरामा साहुपरेल भनेर चिनिन्छ । रामाझिमा थानलाई धार्मिक पर्यटकीय स्थलको रुपमा चिनाउन रामाझिमा बराहा थान संरक्षण समिति लागि परेको छ । समितिले रामझिमा बराहा थान संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार र भक्तजनलाई उचित बासको व्यवस्था गर्ने गरेका छन् । भक्तजनहरु जनैपूणिर्माको अघिल्लो दिन बास बस्न पुगेर भोलिपल्ट पुजा गरि वर मागेर फर्किन्छन् । भाकल पुरा गर्न जानेहरु फलफुल खाएर रात बिताउने गर्दछन् । थानमा महिलाहरुलाई पुजापाठ अवधिभर प्रवेश निषेध गरिन्छ बलि चढाइसकेपछि लाइनमा राखेर वर (प्रसाद) वितरण गर्ने गरेको बुढाले सुनाउनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्