Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

क्यान्सरपीडित बृद्धाको साँखखोलामा हाम्फालेर मृत्यु

tribeni2

रुकुम पश्चिम / बुधबार रुकुम पश्चिममा एक बृद्धा महिलाको शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका १२ नयाँगाउँ घर भई बैरागीठाँटीमा बस्दै आउनुभएकी अन्दाजी ७० बर्षिया मुनि कामीको शव मुसिकोट नगरपालिका ३ मुग्लुखोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बुधबार बिहान बैरागीठाँटी नजिक रहेको साँख खोलाबाट बगेकी कामीको शव खोज्ने क्रममा मुग्लुखोलामा भेटिएको हो । स्थानीयवासी र प्रहरीको टोलीले शव निकाल्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

मुसीकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष धिरण शेर्पालीले बुद्धाले साँख खोलामा हाम फालेको स्थानीयले बताएको जानकारी दिएका दिनुभयो । उहाँ दिर्घ रोगबाट पीडित हुनुुहन्थ्यो । क्यान्सर रोगबाट पीडित उहाँले उपचार खर्च अभावको कारण बेलैमा उपचार गर्न पाउनु भएको थिएन । रोगले च्याप्दै गएपछि छट्पटिएकी उहाँले साँखखोलामा हाम्फालेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्