Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवा जागरण मावि झुल्नेटाको विव्यस अध्यक्षमा खड्का चयन

tribeni2

रुकुम पश्चिम / युवा जागरण माद्यामिक विद्यालय झुल्नेटाको विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा भिमबहादुर खड्का चयन हुनुभएको छ । मंगलबार भएको अभिभावक भेलाले खड्कालाई विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा चयन गरेको हो ।

भेलाबाट समितिकाे सदस्यमा उदे ओली, टिकाराम ओली,रिश्मी ओली, सरी ओली र देवी ओली चयन हुनुभएकाे छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष मन बहादुर ओलीको अध्यक्षता भएको उक्त भेलामा त्रिवेणी गाउँपालिका ३ नम्बर वडा अध्यक्ष दिपेन्द्र कुमार ओलीको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष वीरबहादुर ओली, त्रिवेणी ३ का पूर्वअध्यक्ष माेहन ओली लगायतको आतिथ्यता रहेको थियो ।

शिक्षक प्रेम बहादुर पुनको स्वागत मन्तव्य रहेको भेलाको सहजिकरण शिक्षक गणेश ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्