Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा ई - पासपोर्टको अनलाईन फाराम भर्न अब १५० रुपैंया मात्र लाग्ने

tribeni2

रुकुम पश्चिम / विद्युतीय राहदानी (ई - पासपोर्ट)को अनलाईन फाराम भर्नको लागि बढी शुल्क लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ । व्यवसायी अर्थात सेवाप्रदायक निकायले फरक फरक शुल्क लिन थालेको गुनासोपछि व्यवसायीहरुकै सहमतिमा बुधबार शुल्क निर्धारण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा रुकुम उद्योग वाणिज्य संघको समन्वयमा व्यावसायीहरु बिच भएको छलफल पश्चात अनलाईन फाराम भर्नको लागि शुल्क तय गरिएको हो । ई - पासपोर्टको अनलाईन फाराम भर्नलाई व्यवसायीहरुले सेवाग्राहिहरुबाट अब रु. १५० मात्र लिने सहमति गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताउनुभयो ।

यस अघि अनलाईन फाराम भर्ने व्यवसायीहरुले सेवाग्राहिहरुबाट मनपरी शुल्क लिने गरेको गुनासो आएपछि कार्यालयले आईतबार देखि सिधै ई पासपोर्टको अनलाईन फाराम भर्न सुरु गरेको थियो । व्यवसायी अर्थात सेवा प्रदायकहरुले विभिन्न बहानामा अनलाईन फाराम भरेको रु. ३०० देखि ५०० सम्म शुल्क लिने गरेको गुनासोपछि प्रशासन आफैले फाराम भरिदिन थालेको थियो ।

सेवा प्रदायक निकायको व्यवसायीक पक्षलाई ख्याल गर्दै सेवाग्राहिहरुलाई मर्का नपर्नेगरी उक्त शुल्क निर्धारण गरिएको प्रजिअ घिमिरेले उल्लेख गर्नुभयो । आगामी दिनहरुमा सेवाग्राहिहरुबाट व्यवसायीहरुले ताेकिएकाे शुल्क भन्दा बढी लिने गरेमा जिल्ला प्रशासनमा सूचना दिन कार्यालयले अनुरोध गरेको छ । कार्यालयले अनलाईन फाराम भर्नको लागि दैनिक कोटा निर्धारण गरेर सेवाप्रदायक निकायबाट फाराम भर्ने मिल्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्