Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पुथामा ४५ कर्मचारी भर्ना, ८१ शिक्षक नयाँ नियुक्ति हुँदै

२०७९ साउन २६
tribeni2

रुकुम पूर्व / गाउँपालिकामा कार्यरत सबै करारका कर्मचारी हटाएको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले पहिलो चरणमा ४५ जना कर्मचारी करारमा भर्ना गरेको छ ।

गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाले हालैमात्र बालशिक्षा सहयोगी कार्यकर्ता, कृषि, पशु सेवा सहित स्वास्थ्यकर्मीहरु नियुक्त गरिएको गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बालशिक्षामा १५ जना, कृषि र पशु सेवा तर्फ ५/५ जना, अहेव १० जना, अनमि ७ जना र ल्याबमा ३ जनालाई भर्ना गरिएको हो । खुला दरखास्त आह्वान पश्चात लिखित, मौखिक र प्रयोगात्मक परीक्षा संचालन गरी नयाँ कर्मचारी भर्ना गरिएको उपाध्यक्ष बुढाले बताउनुभयो ।

गाउँपालिकाले प्रावि, निमावि र मावि तहका ८१ जना शिक्षक नियुक्तिको प्रक्रिया पनि अगाडी बढाएको जनाएको छ । प्रावि तर्फ ४१ जना, निमावि तर्फ ३० जना र मावि तर्फ ११ जना शिक्षक भर्नाको प्रक्रिया जारी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्