विप्लव चेतावनी

प्रहरी पोष्ट नहटाए जनप्रतिनिधीलाई प्रतिबन्ध लगाउने विप्लबको चेतावनी

प्रहरी पोष्ट नहटार्ईए बडीकेदार गाउँपालिकाका जनप्रतिनिधीलाई प्रतिबन्द लगाउने बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको छ । बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौउलीमा भएको प्रहरीको अस्थायी पोष्ट तत्काल नहटाए जनप्रतिनिधीलाई गाउँमा प्रतिबन्द लगाउने नेपाल कम्युनिष्ट पार्टीका ईञ्जार्ज शेरबहादुर देउवाले बताए ।

नेपाल कम्युनिष्ट पार्टीले बडीकेदार गाउँपालिकाको केन्द्र अत्तरकाँडामा कोणसभा गर्दै जनप्रतिनिधीहरुलाई गाँउ छिर्न प्रतिबन्ध लगाउने बताएको छ ।
कोण सभालाई सम्वोधन गर्दै बडीकेदार गाँउपालिकामा रहेको नेपाल प्रहरीको अस्थायि पोष्ट नहटाए नेपाल कमिष्ट पाटीले गाँउपालिकाका जनप्रतिनिधिहरुलाई गाँउ पस्नमा प्रतिबन्ध लगाउने ईञ्चार्ज देउवाले बताए।

आफुले गरेका भ्रष्टाचार लुकाउका लागी प्रहरीको अस्थायी पोष्ट राखेको ईञ्चार्ज देउवाले दाबी गरे । देउवाले भने ‘ हाम्रो पार्टीको केन्द्रीय निती अनुसार नै हामीले प्रतिबन्ध लगाउने भनेका हौँ, हामी माथी दमन भएमा वा अस्थायी पोष्ट नहटाएमा प्रतिबन्ध लाग्ने निश्चीत छ । ’ देउवाले थपे ‘भ्रष्टाचार हुने सबै स्थानीय तहमा कारबाही गर्ने हाम्रो कार्यक्रम छ ।’

बडीकेदार गाउँपालिकामा कुनै भष्टाचार नभएको बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए । अध्यक्ष चन्दले भने ‘हामीले सबै काम प्रक्रीयागत ढंगबाट गरेका छौँ कुनै पनि काममा अनियमितता भएको छैन , भएको छ भन्ने कसैलाई लाग्छ भने अनुसन्धान गर्ने छानबिन र कारबाही गर्ने सरकारका निकाए छन ।’

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १०:०४
प्रतिक्रिया दिनुहोस्