Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेका टोल शिक्षकलाई ट्याब्लेट र स्पिकर प्रदान

२०७९ साउन २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सञ्चालित टोल शिक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन ट्याब्लेट र ब्लुटुथ स्पिकर प्रदान गरिएको छ । टोल शिक्षा शिक्षक (सहजकर्ता)लाई प्रबिधी प्रयोगको रुपमा ट्याब्लेट र ब्लुटुथ स्पिकर बितरण गरिएको हो ।

सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र शिक्षा प्रमुख मंगलसिंह बुढाले गाउँपालिकाका ९७ जना टोल शिक्षा सहजकर्तालाई ट्याब्लेट र ब्लुटुथ इस्पिकर वितरण गर्नुभएको हो । कोरोना भाइरसबाट शिक्षामा परेको असर कम गर्न शिक्षामा प्रतिकार्य कार्यक्रम अन्र्तगत जिल्लाको सिस्ने र भूमे गाउँपालिकाका टोल शिक्षकहरुलाई एक/एक सेट ट्याब्लेट र ब्लुटुथ स्पिकर बितरण गरिएको जनाइएको छ । रुकुमेली समाज बिकास केन्द्रकाको सहजिकरणमा ट्याब्लेट र ब्लुटुथ इस्पिकर खरिदका लागि युनिसेफ/युएसआईडीको सहयोग गरेको हो ।

रुकुमेली समाज विकास केन्द्रका परियोजना संयोजक रमेशकुमार गौतमका अनुसार प्रारम्भिक कक्षाका बालबालिकाको सिकाईलाई सहयोग पु¥याउन, सामग्रीहरु एकिकृत गरी सिकाईमा प्रयोग गर्नको लागि उपकरणहरु उपलब्ध गराईएको हो । शिक्षण सिकाई तयारीको लागी आवश्यक पर्ने सन्दर्भ सामाग्रीहरु शिक्षकको पहुँचमा पु¥याउन, सिकाईमा बिद्यार्थीहरुलाई सक्रिय बनाई शिक्षण सिकाईलाई चाखपुर्ण बनाउन र सिकाईमा प्रबिधीको प्रयोग गर्ने उद्देश्यले ट्याब्लेट र ब्लुटुथ स्पिकर बितरण गरिएको गौतमले बताउनुभयो ।

जिल्लाको भूमे गाउँपालिकामा पनि लगत्तै ट्याब्लेट र ब्लुटुथ स्पीकर बितरण गरिने बताइएको छ । गत फागुन महिना देखी रुकुमपुर्वको सिस्ने र भुमे गाउँपालिकाका सबै बिद्यालयहरुमा कोरोना महामारीबाट शिक्षामा पर्न गएको क्षति न्युनिकरण गर्नको लागी यस प्रतिकार्य कार्यक्रम संचालन हँुदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्