Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरस्वती माविले प्रत्येक महिना उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थी घोषणा गर्ने

२०७९ साउन २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १० मा रहेको सरस्वती माध्यमिक विद्यालय चिन्तुले प्रत्येक महिना उत्कृट अभिभावक, शिक्षक र बिद्यार्थी घोषणा गर्ने भएको छ । बिहिबार विद्यालयमा भएको विद्यार्थीसँग अभिभावक कार्यक्रममा यस्तो प्रतिबद्धता गरिएको हो ।

कक्षा १० का विद्यार्थीहरुको २०७८ एसइइ परीक्षाको नतिजालाई समिक्षा गर्दै आगामी २०७९ को कार्यदिशाका लागि विद्यार्थीसँग अभिभावक कार्यक्रम गरिएको थियो । कार्यक्रममा सहभागी विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरु बिचको अन्तरक्रिया पश्चात मासिक रुपमा उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थीसँग घोषणा गर्ने प्रतिबद्धता गरिएको बिद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुलाई दैनिक समय तालिका अनुसार पठन पाठनको व्यवस्था, घर तथा विद्यालयमा विद्यार्थी निगरानी, थप कक्षाको व्यवस्था, प्रत्येक महिनामा विद्यार्थी अभिभावक शिक्षकसँग भेला छलफल अभिमुखीकरण तथा मासिक रुपमा उत्कृष्ट अभिभावक, शिक्षक र विद्यार्थी घोषणा गर्ने प्रतिवद्दताका बिषयमा अन्तरक्रिया गरिएको थियो ।

शिक्षण सिकाई क्रियाकलाप कोरोना महामारीको कारण अस्तव्यस्त भएको र सुचना सञ्चार प्रविधिको दुरुपयोगतिर विद्यार्थी सक्रिय भएकोले सहि कार्यमा प्रविधि प्रयोग गर्दै अघि बढ्न कार्यक्रमका उपस्थितिहरुको सुझाव प्रदान गरेका थिए ।

विव्यस अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षयतामा भएको कार्यक्रममा निवर्तमान विव्यस अध्यक्ष नरबहादुर खड्का, वडा सदस्य जंगविर ओली, सरस्वती मा वि अर्माडाँडामा शिक्षक जीवन खड्का लगायत विव्यस सदस्यहरु, अभिभावक, शिक्षक लगायत कक्षा १० का विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रधानाध्यापक खडकबहादुर खड्का र विद्यालयका सुचना अधिकारी गोपालसिं खड्काले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्