सोसल मिडिया
रुकुम पश्चिम / महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड मुसिकोट शाखाले ४६ जना अभिकर्ताहरुलाई सम्मान गरेकोछ ।
शुक्रबार मुसिकोट खलंगामा गरिएको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रमका बीच उत्कृष्ट बीमा व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।
मुसिकोट शाखाका प्रमुख ब्युझना पुन देवकोटाका अनुसार गत आर्थिक बर्षमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै सम्पुर्ण सहभागी अभिकर्ताहरुमा बीमा व्यवसायप्रति उत्प्रेरणा जगाउने उद्धेश्यका साथ अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरिएको हो ।
उहाँका अनुसार ग्रामीण तहसम्म बीमाको पहुँच विस्तार गर्नलाई कार्यक्रमले सकारात्मक उर्जा प्रभाव गरेको छ । युवाहरुलाई बीमा व्यवसायद्वारा स्वरोजगार बनाउने लक्ष्यका साथ जिल्लामा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सक्रियतापूर्वक बीमाको काम गर्दै आईरहेको छ ।
अभिकर्ता उत्प्रेरणा कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका मार्केटिंग म्यानेजर तथा बरिष्ठ प्रवन्धक यमलाल न्यौपानेले सहजिकरण गर्नुभएको थियो । उहाँले बीमाको महत्व, आवश्यकता, महालक्ष्मी लाईफ इन्स्योरेन्सका बीमा स्किमहरु लगायतको बारेमा प्रष्ट पार्नुभएको थियो ।