Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुघाँ - सिम्रुतु सडक बन्द हुँदा बाटोमै सुत्केरी भएकी महिला बेहोस, अवस्था गम्भिर

tribeni2

रुकुम पश्चिम / बर्षाको कारण आएको पहिराले सडक बन्द भएपछि रुकुम पश्चिममा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भिर भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २, पानीगैराकी २७ बर्षिया करिश्मा पुनको अवस्था गम्भिर अवस्थामा पुगेको हो ।

स्वास्थ्य सस्था पु¥याउनको लागि बिहान ६ बजे घरबाट हिडालिएकी उहाँले बाटोमै बच्चा जन्माउनु भएको र अत्याधिक रक्तश्राव हुँदा बेहोस हुने गरेको करिश्माकी सासुआमा कौशिला पुनले जानकारी दिनुभयो ।

करिश्मालाई शुक्रबार साँझबाट नै सुत्केरी व्यथा लागेको थियो । 'गाउँमा बिरामी बोक्ने स्टेचर पनि पाईएन, दुई घण्टा हिडेर माथी गाउँ पुगेको बेला बच्चा जम्मियाे,' करिश्माको साथमै रहेकी कौशिलाले भन्नुभयो, 'झाडितिर लिएर बच्चा निकाल्यौ, निरन्तर रगत बगिरहेको छ ।' उहाँले करिश्माको बेहास हुँदै होश आउँदै गरेको बताउनुभयो । स्थानीयहरुले स्टेचर खोजिरहेको तर स्वास्थ्य चौकीसम्म पु¥याउन मुश्किल भैरहेको उहाँले जनाउनुभयो ।

बर्षाको कारण रुघाँ - सिम्रुतु सडकखण्डमा आएको पहिरोको कारण दुई हस्ता देखि उक्त सडक अवरुद्ध रहेको छ । उक्त सडकखण्ड खुलाउने प्रयास कहिकतैबाट नहुँदा स्थानीयले सास्ती पाईरहेको बताएका छन् । स्थानीय सरकारले समेत यस कार्यमा बेवास्ता गरेको स्थानीयको आरोप छ । 

 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्