Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

करेन्ट लागेर घाईते भएका टिकारामको उपचारको लागि सहयोग जुट्दै

२०७९ साउन २८
tribeni2

रुकुम पश्चिम / करेन्ट लागेर घाईते भएका रुकुम पश्चिमका एक युवाको उपचारको लागि मनकारीहरुले सहयोग उपलब्ध गराउन थालेका छन् । जिल्लाको सानिभेरि गाँउपालिका ११ काँडा घर भई हाल किर्तिपुर हस्पिटलमा उपचाररत टिकाराम बिकको उपचारमा आर्थिक समस्या भएपछि सहयोगको अपिल गरिएको थियो । उहाँको उपचारको लागि अहिलेसम्म ५९ हजार ६२६ रुपैया संकलन भएको छ ।

सहयोग संकलन अभियानमा लाग्नुभएका रमित ओलीले टिकारामका आफन्त दिपक बिकलाई उक्त रकम उपलब्ध गराएको जनाउनुभएको छ । उहाँले टिकारामको उपचारमा आर्थिक समस्या भएकोले सहयोगी तथा मनकारीहरुलाई सहयोगको लागि अपिल समेत गर्नुभएको छ ।

करेन्ट लागेर घाईते भएका टिकारामको अहिले हात र खुट्टा काटिएको छ । नेपालगञ्जमा घाईते भएका टिकारामको अहिले काठमाडौमा उपचार भैरहेको छ । घरको आर्थिक अवस्था ज्यादै कमजोर भएपछि टिकारामको पूर्ण रुपमा उपचार गर्न नसकिने अवस्था रहेको छ ।

सहयोग गर्न चाहनेहरुले दिपक विकको नाममा माछापुच्छ्रे बैक लिमिटेडमा रहेको खाता नं. ३३३६५२४३२३८६५०१५ मा उपचार खर्च जम्मा गरिदिन परिवारजनले आग्रह गरेका छन् । मोवाइल नम्वर ९६४३४६५७१, ९८५२६८५१३२ र ९०६२५०२८२ मा पनि सम्पर्क गर्न सकिने छ ।

हालसम्म सहयाेग गर्नेहरुकाे  विवरण :

हातखुट्टा काटिएका टिकारामको उपचारमा समस्या, सहयोगको लागि अपिल

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्