Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा सुरक्षा निकायका प्रमुख चढेको जीप दुर्घटना, दुई जना डिएसपी सहित चार जना घाईते

tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ ।

घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्याउनलागि नेपाली सेनाको हेलिकप्टर आउन लागको जनाईएको छ । गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दैछ ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डाँगीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लक्ष्मण बुढा गम्भीर घाइले हुनुभएको छ ।

सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ । जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित छ जना सुरक्षाकर्मी सवार हुनुहुन्थ्यो ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्