Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व जीप दुर्घटना अपडेट : एक प्रहरी जवानको मृत्यु, डिएसपी सहित तीन जनालाई हेलिकप्टर मार्फत कोहलपुर लगियो

शनिबार, साउन २८, २०७९
tribeni2

रुकुम पूर्व / शनिबार बिहान रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा भएको जीप दुर्घटनाका परेर घाईते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै ज्यान गएको बताईएको छ ।

दुर्घटनामा परेर घाईते भएका डिएसपी सहति गम्भिर भएका दुई जना सुरक्षाकर्मी हेलिकप्टरले उद्धार गरेको छ । सशस्त्र प्रहरी बलका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ सहित गम्भिर घाइते अवस्थामा रहेका प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको हो ।

घाईते अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी र अन्य दुई जना घाईतेलाई हेलिकप्टर पुनः आएर उपचारका लागि लगिने जनाईएको छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो ।

 

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्