Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व अपडेट : मृतक प्रहरी जवान सहित पाँच जना घाईतेलाई हेलिकप्टर मार्फत लगियो

२०७९ साउन २८
tribeni2

रुकुम पूर्व : रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका –११, सेरामाथिको मोडमा शनिबार बिहान भएको जीप दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ । रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परेर घाईते भएका दुई जना डिएसपी सहित गम्भिर भएका दुई जना र अर्का एक प्रहरी जवानलाई हेलिकप्टरले उद्धार गरेको छ । गम्भिर घाइते अवस्थामा रहेका प्रहरी हवल्दार कुमार डाँगी र प्रहरी जवान सन्तोष बुढालाई हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको हो ।

त्यसैगरी घाईते अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक रविन श्रेष्ठ र प्रहरी जवान लक्ष्मण घर्तीलाई पनि हेलिकप्टर मार्फत कोहलपुरतर्फ लगिएको छ । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक तीन जना र दोश्रो पुनः पटक आएर मृतक सहित बाँकिलाई उपचारको लागि लिएको हो ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरा जाने क्रममा जीप दुर्घटना भएको प्रजिअ सुनुवारले जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको टोली भने अर्को गाडिमा सवार रहेको बताईएको छ । अनुगमन र अन्य कार्यका लागि जिल्लाको सुरक्षा निकायको टोली तकसेरा जाने क्रममा दुर्घटना भएको हो ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्