Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीको स्वास्थ्य केन्द्रमा तीन दिन देखि तालाबन्दी, बिरामीलाई सास्ती

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ लयटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा तालाबन्दी गरिएको छ । गत शुक्रबार देखि नै कार्यालयमा तालाबन्दी भएको हो ।

स्वास्थ्य सेवा केन्द्रमा कर्मचारी राख्ने बिषयमा जग्गाधनीले विवाद गर्दै तालाबन्दी गरेका हुन् । स्वास्थ्य केन्द्र प्रमुख तिलक लामिछानेका अनुसार शुक्रबार देखि नै कार्यालयमा ताला लगाउनुका साथै कार्यालय जाने बाटो बन्द गरिएको छ । कार्यालयको ढोकामा ताला, कार्यालय वरिपरी काँडा र तारबार लगाएर कार्यालय बन्द गरिएको लामिछानेले बताउनुभयो ।

शुक्रबार सार्वजनिक बिदा भएकोले कर्मचारी नआएको र आईतबार कार्यालय आउँदा बन्द देखिएपछि नगरपालिकामा खबर गरिएको स्वास्थ्य केन्द्र प्रमुख लामिछाने जनाउनुभयो । कार्यालयको गेटमा र मुल ढोकामा ताला लगाईएको छ ।

स्वास्थ्य केन्द्रको जग्गा उपलब्ध गराउनुभएका स्थानीय बलबिर पुन र उहाँको परिवारले कार्यालय सहयोगी आफ्नो मान्छे नराखेको भन्दै तालाबन्दी गरेका हुन् । जग्गादाताको परिवारलाई उपेक्षा गर्दै स्वास्थ्य केन्द्रको कार्यालय सहयोगीमा नगरपालिकाले अर्को मान्छे नियुक्ति गरेको भन्दै उनीहरुले तालाबन्दी गरेको जनाएको छन् । नगरपालिकाले स्वास्थ्य केन्द्रको कार्यालय सहयोगोयीको रुपमा स्थानीय सिर्जना घर्ती मल्ललाई नियुक्त गरेर पठाएको थियो ।

स्वास्थ्य केन्द्र बन्द भएपछि उपचारको आएका बिरामीहरुले सास्ती पाएका छन् । तीन दिन देखि बन्द रहेको स्वास्थ्य केन्द्रमा आउँदा बन्द भएपछि बिरामीहरु बाध्य भएर चौरजहारी जान थालेका छन् । बिहानै आएका ज्वरो र रुघाँखोकीका पाँच जना बिरामी फर्किएको स्थानीयले बताएका छन् । स्वास्थ्य केन्द्रको तालाबन्दी खुलाउनको लागि वडाकार्यालयले पहल गरिरहेको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्