Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी ८ को आधारभूत स्वास्थ्य केन्द्रको ताला खोलियो

tribeni2

रुकुम पश्चिम / गत शुक्रबार देखि ताला र काँडेबार लगाएर बन्द गरिएको स्वास्थ्य सेवा केन्द्र आईतबार देखि खुलेको छ । चौरजहारी नगरपालिका वडा नम्वर ८ लयटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रको ताला खोलेर बाटो र गेटमा लगाईएको काँडेबार हटाईएको हो ।

स्वास्थ्य सेवा केन्द्रमा कार्यालय सहायोगी राख्ने बिषयमा जग्गाधनीले विवाद गरेर तालाबन्दी गरेका थिए । स्वास्थ्य केन्द्रको जग्गा उपलब्ध गराउनुभएका स्थानीय बलबिर पुन र उहाँको परिवारले कार्यालय सहयोगी जग्गादाताको परिवारबाट नराखेको भन्दै तालाबन्दी गर्नुभएको थियो । उहाँले २०७४ सालमा स्वास्थ्य सेवा केन्द्रलाई जग्गा दिनुभयो थियो ।

वडा अध्यक्ष शशिराम बिकका अनुसार जग्गादाताले आफ्नो परिवारको सदस्यलाई कार्यालय सहयोगी हुनुपर्ने भन्दै तालाबन्दी गरेतापनि कानूनी प्रक्रिया सम्झाई बुझाई गरेपछि जग्गादाता ताला खोल्न सहमत हुनुभएको हो । जग्गादाता, वडाका जनप्रतिनिधिहरु नगरपालिकामै गएर छलफल गरेपछि ताला खोल्ने सहमती गरिएको हो । वडा अध्यक्ष विकका अनुसार नगरपालिकाले खुला दरखास्त आह्वान गरेर परीक्षा गराएर कर्मचारी भर्ना गरेको हो ।

स्वास्थ्य केन्द्र प्रमुख तिलक लामिछानेले नगरपालिकामा सहमति गरेर आएपछि स्वास्थ्य सेवा केन्द्रले नियमित सेवा सुचारु गरेको बताउनुभयो । शुक्रबार देखि कार्यालयको मुल गेट र ढोकामा ताला, काँडेबार लगाईएको थियो ।

 

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्