Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पोल ढल्दा खलंगामा विद्युत अवरुद्ध

tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खलंगा बजारमा विद्युतको पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ ।

आईतबार बेलुका खलंगामा रहेको त्रिभुवन जनता माविको गेट अगाडिको पोल ढलेको हो । सामान बोकेको गाडिमा तार लागेर तन्किएपछि पोल ढलेको प्रत्यक्षदर्शीले बताएका छन् । पोल ढलेर स्थानीय लालबहादुर खड्काको घरमा परेको छ ।

विद्युत वितरण केन्द्र रुकुम पश्चिमले पोल ढलेपछि आईतबार बेलुका देखि नै खलंगा आसपासको विद्युत सेवा बन्द भएको जनाएको छ । सोमबार बिहानै देखि पोल मर्मतका लागि कर्मचारी पठाईएकोले दिउँसो देखि विद्युत सेवा सुचारु हुने बताईएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ०८:०८
प्रतिक्रिया दिनुहोस्