पद्माकुमारी अक्षकोषबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रुकुम पश्चिम / रुकुम पश्चिमको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका १० मा रहेकोे जनविकास माद्यामिक विद्यालय घारीखोलाका विद्यार्थीहरुलाई पद्माकुमारी अक्षकोषबाट शैक्षिक सामग्री वितरण गरिएको हो ।

आठबिसकोट नगरपालिका १० घर भइ हाल अमेरिकामा बस्दै आउनुभएका महेश केसीले आफने स्वर्गिय आमा पद्माकुमारी खत्रीको सम्झनामा एक लाख बराबरको अक्षकोष स्थापना गर्नुभएको थियोे ।
सोही अक्षकोषबाट
आइतबार एक कार्यक्रमका बिच ८ जना विद्यार्थीहरुलाई प्रति व्यक्ति एक हजार बराबरको शैक्षिक सामग्री वितरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज केसीले जानकारी दिनुभयो ।

यो भन्दा पहिले पनि सोही विद्यालयका १० जना विद्यार्थीलाई महेशले शैक्षिक सामग्री उपलब्ध गराउनुभको थियो । उहाँका बुवा विरभान खत्रीले शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

केसीले यो भन्दा पहिलेपनि आठबिसकोट नगरपालिका भित्रका सवै विद्यालयहरुलाई स्वच्छ पिउने पानीको लागी भन्दै एक एक वटा फिल्टर उपलब्ध गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्