शेरबहादुर देउवा

देउवाले भने–जनताले ओलीबाट मुक्ती चाहेका छन्

काठमाडौं ४ बैशाख

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले केपि शर्मा ओलीबाट मुक्ती चाहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपाली जनताले ओली नेतृत्वको सरकारबाट मुक्ति चाहेको दाबी गरे ।

कैलालीीकोे टीकापुरमा विपी स्मृति भवनको उद्घाटन गर्दै देउवाले ओली नेतृत्वको सरकारले जनतालाई आजित पारेको आरोप लगाए । उनले विगतका सरकारले गरेका कामलाई समेत आफै गरेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई ढाँट्ने गरेको समेत बताए ।


सरकारका गतिविधि प्रेस र वाक् स्वतन्त्रता विरुद्ध भएको बताउँदै काँग्रेस सभापति देउवाले सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  २२:०४
प्रतिक्रिया दिनुहोस्