Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुमबाट प्रदीप ज्ञवालीको प्रश्न : 'मिलिभगत गर्नेभए २०५२ मा किन हतियार उठाएको ?'

'नेकपा एमाले पाँच मुद्धा लिएर चुनावमा जान्छ'
२०७९ साउन ३०
tribeni2

रुकुम पूर्व : पार्टीको प्रशिक्षण कार्यक्रमको लागि रुकुम पूर्व पुग्नुभएका नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्षलाई नेपाली काँग्रेससँग मिलिभगत गर्नेभए २०५२ मा किन हतियार उठाएको भन्दै प्रश्न गर्नुभएको छ । उहाँले कम्युनिष्ट नेता काँग्रेससँग मिलेर कम्युनिष्ट माथी नै प्रहार गरिरहेको समेत जनाउनुभयो ।

पूर्व परराष्ट्र मन्त्री समेत रहनुभएका नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी संघीय र प्रदेश निर्वाचनमा मुख्य पाँच मुद्धा लिएर एमाले जनता माझ जाने बताउनुभएको छ । सोमबार रुकुमपूर्वको रुकुमकोटमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै ज्ञवालीले राष्ट्रि«य हित र स्वभिमान सहित सन्तुलित परराष्ट सम्बन्ध, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक तथा आर्थिक रुपान्तरणको अभियान, अर्थतन्त्रको मजबुती र सुशासनको मुद्धा बोकेर एमाले चुनावमा जाने बताउनुभयो ।

विदेशीभूमीमा नेपालको आन्तरिक मामिलामा छलफल हुने गरेको बताउनुहँुदै उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ण्डले भारतीय प्रतिनिधिको रोहवरमा सत्ता साझेदारीको मोडल बनाउने काम गरेको समाचार सुन्नु नेपालका सार्वभौमसत्ता र स्वतन्त्रतामाथीको चुनौति रहेको उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारले संविधान र लोकतान्त्रिक प्रणालीमाथी आक्रमण गरेको जनाउँनु हुदै एमालेलाई विभाजन गर्ने प्रयोजनका लागि अध्यादेश ल्याएर फिर्ता गरेको बताउनुभयो । प्रधानन्याधीस माथी महाअभियोग लगाएर छानबिन नगर्ने तर आयु सकिने बेलामा सरकारले अगाडि बढाउने काम गरेको उहाँले जनाउनुभयो ।

एमाले सरकारमा हुँदा सुरु गरेको विकास र समृद्धिको अधुरो यात्रालाई पूर्णता दिन एमालेको सरकार जरुरत रहेको उहाँले जनाउनुभयो । मुलुकको अर्थतन्त्र कमजोर भएको जानकारी दिनुहुँदै एमाले नेता ज्ञवालीले संकटग्रष्त अर्थतन्त्रलाई सहि लाईनमा ल्याउने मुद्धाका साथ एमाले जनतामाझ जाने बताउनुभयो । बिचौलियाहरुले अर्थतन्त्र चलाउने काम गरेको बताउनुहुदै ज्ञवालीले त्यस्तो बेथिति रोक्न आवश्यक रहेको बताउनुभयो ।

एमाले एक्लै चुनाव लड्छ

उप महासचिव ज्ञवालीले नेकपा एमाले गठबन्धनको लौरो टेकेर चुनावमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले एक्लै चुनाव लड्छ, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छ ।’ एमाले एक्लै प्रतिश्पर्धामा जाने जानकारी गराउनुहँदै उहाँले तत्लो तहमा हुने सहकार्यको ढोका भने खुलै रहने बताउनुभयो ।

काँग्रेस एमालेसँग चुनाव लड्न सक्ने अवस्थामा छैन

नेता ज्ञवालीले नेपाली काँग्रेसले एक्काएक्लै एउटा पनि क्षेत्रमा एमालेसँग चुनावमा प्रतिश्पर्धा गर्न नसक्ने अवस्था रहेको दाबी गर्नुभयो । उहाँले विगतमा बहुमत ल्याएर देश हाकेको पार्टीको यो हविगत देखा समकक्षिको नाताले चिन्ता लाग्ने गरेको व्यंग्य गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्