Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

होटेलमा मृत अवस्थामा भेटिए महिला र पुरुष

tribeni2

बुटवल / रुपन्देहीकाे बुटवलमा रहेको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार फूलबारीचोकमा रहेको कारीकोट होटलमा धादिङको कुम्पुर ५ घर भएका ३६ वर्षीय सीताराम भुजेल झुन्डिएको अवस्थामा र दाङ सतबरीया घर भएकी ३३ वर्षीया पुष्पा बुढाथोकी पलङमा लडिरहेको अवस्थामा फेला परेका हुन् । कोठाको तन्ना र ताैलियामा रगत लागेको पाइएको छ ।

महिलाको हत्यापछि पुरुषले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरु दुवै जना हिजो बेलुका होटलमा बास बस्न आएका थिए । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्