सोसल मिडिया
रुकुम पश्चिम / नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रुकुम पश्चिमको छैटौं बैठक मंगलबार सम्पन्न भएको छ ।मुसिकोटमा बसेको बैठक संघिय तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित रहेको छ ।
बैठकले पार्टीलाई कसरी अगाडि लैजाने भन्ने बिषयमा पनि विचार बिमर्श सहित महत्वपूर्ण निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्ष शर्माका अनुसार बैठकले पार्टी सदस्यता नविकरण तथा वितरण, पार्टीका काम कारबाहीको निरन्तरता, भातृ संगठनहरुको गठन प्रक्रियाको नियमितता लगायत निर्वाचनको तयारीको विषयमा निर्णय गरेको छ ।
बैठकले निर्वाचनको लागी निर्वाचन परिचालन समिती समेत गठन गरेको छ । जसमा जिल्ला इन्चार्ज देवि ओलीलाई इन्चार्ज र सहइन्चार्ज विमलकुमार पूनलाई सहइन्चार्ज तोकिएको छ भने अध्यक्ष हरि प्रसाद शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिती बनेको छ ।
यस्तै प्रदेशको क्षेत्रहरुको लागी पनि समन्वय समिती बनाइएको छ । जसमा क्षेत्र नम्बर क मा विरबहादुर शाहीको अध्यक्षतामा र ख मा मोतीराम घर्तिको अध्यक्षतामा समन्वय समिती बनाइएकोे पार्टीका जिल्ला सहइन्चार्ज विमलकुमार पुनले बताउनुभयो ।
उहाँका बैठकले विभिन्न विभागहरुको जिम्मेवारी पनि बाँडफाड समेत गरेको छ । जसमा संगठन विभाग प्रमुखको जिम्मेवारीमा सुरजकुमार परियार, स्कुल विभाग प्रमुखको जिम्मेवारीमा धनराज खड्का लगायत विभिन्न विभागमा विभिन्न व्यक्तिालाई तोकिएको छ ।
पार्टीका जिल्ला कमिटी अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षता र सचिव सुरज कुमार परियारको सन्चालनमा रहेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य हंश बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्य तथ प्रदेश कमिटी सचिव ठगेन्द्रप्रकाश पुरीको विशेष आथित्यता रहेको थियो ।
यस्तै बैठकमा केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज देवि ओली, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला सहइन्चार्ज विमलकुमार पुनको पनि आतिथ्यता रहेको थियो । बैठकमा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष कल्याणी खड्काले राख्नभएको थियो ।