Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको टापुमा शव फेला

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा सानीभेरी नदीको टापुमा शव फेला परेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर २ र ४ को बिचमा रहेको नदीको टापुमा शव फेला परेको हो ।

शव नदीको बिच भागमा रहेका कारण निकाल्न प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक (डिएसपि) विष्णु सोतीले जानकारी दिनुभयो ।

शव नदीको बिच टापुमा भएका कारण निकाल्न गाह्रो भएपनि प्रहरीले डोरी लाएर निकाल्ने कोसिस गरिरहेको पनि उहाँँले बताउनुभयो ।

उहाँका अनुसार शव नदीले बगाएर ल्याएर टापुमा फालेको हुन सक्ने आँकलन गरेपनि निकाल्ने क्रम रहेकाले पहिचान हुन सकेको छैन ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्