Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेकपाद्वारा सिडियो कार्यालयमा ज्ञापनपत्र पेश

tribeni2

रुकुम पश्चिम / नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ। बुधबार नेकपाका जिल्ला सेक्रेटरी चन्द्र बहादुर बुढा सहितका नेता तथा कार्यकर्ताको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको हो।

नेकपाका नेता-कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई तीन बुँदे सहमती विरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहितको ज्ञापनपत्र पेश गरेका हुन।

ज्ञापनपत्रमा सरकारले सम्पुर्ण बन्दीहरुको रिहाइ र सम्पुर्ण मुद्दाहरु खारेजीको प्रक्रिया अबिलम्ब थालनी गर्नुपर्ने, पार्टीका महासचिव, प्रवक्ता लगाएतका नेता कार्यकर्तामाथी जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने, राज्यले नेपाल कम्युनिस्ट पार्टीलाई तुरुन्त वार्तामा बोलाइ उपयुक्त कार्यहरुको थालनी गर्न पहल गर्नुपर्ने,राज्यले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने लगाएतका मागहरु पेश गरिएको छ।

ज्ञापनपत्रको पुर्णपाठ:

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्