नेभिगेशन
घटना/दुर्घटना
विप्लव बन्द बम

नवलपुरमा बम बिष्फोट

नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले पुर्वी नवलपरासीमा बम बिष्फोट गराएको छ । बिहिबारका लागि आव्हान गरेकाे बन्दको पुर्व सन्ध्यामा नवलपरासीको शाश्वतधाम क्षेत्रमा बम बिष्फोट गराएको हो । बिष्फोटबाट मानविय क्षती भने नभएको प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

बेलुकी करिब साढे ५ बजे भएको बिष्फोटबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ठुलो आवाज सुनेपछि स्थानीय त्रसित भएका थिए । कुन बम बिष्फोट गराईएको हो पत्ता लागेको छैन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना