Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा रहेको द क्याराभान कन्ट्रक्सन प्रा.ली. मजदुरद्वारा घेराउ

मजदुरको ज्याला भुक्तानी सुरु
tribeni2

रुकुम पश्चिम / सडक निर्माणमा काम गरेका रुकुम पश्चिमका कामदारहरुले ज्याला नपाएपछि निर्माण कम्पनी घेराउ गरेका छन् । बुधबार कामदारहरुले चौरजहारी

१ स्थित द क्याभान कन्ट्रक्सन प्रा.ली.को सम्पर्क कार्यालयमा घेराउ गरेका हुन् ।

चौरजहारी नगरपालिका –४, को मन्कोट देखि ५ नम्बरको खहरेसम्मको सडकखण्डमा ग्राभेल र नाला निर्माणको लागि काम गरेका मजदुरले ६ महिनासम्मज्याला नपाएपछि ठेकेदार कार्यालय घेराउ गरेको जनाएका छन् ।

सडक निर्माणको लागि काम गरेका करिब ४० जना मजदुरले काम गरेको ६ महिना बितिसक्दा पनि रकम नपाएपछि ठेकेदार कार्यालय घेराउ गर्न बाध्य भएको चौरजहारी नगरपालिका –४, का अतिराम रोकायाले बताउनुभयो । कामदारहरुले सडक निर्माणको क्रममा काम गरेको करिब दश लाख रकम नपाएपछि २० जना कामदारहरु जम्मा भएर आज कार्यालय घेराउ गरेका हुन् ।

श्रमको मूल्य नपाएपछि बाध्य भएर कार्यालयमै आउनुपरेको मजदुर थलबहादुर भण्डारीेले बताउनुभयो । उहाँका अनुसार पटक पटक ज्याला माग्दा पनि ठेकेदारले अटेर गर्ने गरेका थिए ।

चौरजहारी नयाँ शहर आयोजना अन्तर्गतको उक्त सडकको काम द क्याभान कन्ट्रक्सन प्रा.ली.ले पाएको थियो । उक्त कन्ट्रक्सनबाट मन्कोट खहरे सडकखण्डमा ग्राभेल र नाला निर्माणको जिम्मा पेटी ठेक्का गर्ने चौरजहारी नगरपालिका –५, का ठेकेदार नारायण बुढाले लिएका थिए । पेटी ठेकेदार समेतले पैसा नपाएपछि उनीहरु ठेकेदार कार्यालय घेराउ गर्न पुगेका हुन् । पेटी ठेकेदार बुढाले आफू स्वयम् मुख्य ठेकेदारबाट पीडित भएको बताएपछि मजदुर सहित ठेकेदार कार्यालय पुगेका हुन् ।

चौरजहारी नयाँ शहर आयोजनाले काम बापतको रकम सम्बन्धित मुख्य ठेकेदारलाई भुक्तानी गरिसकेको थियो ।

ज्याला भुक्तानी

कार्यालय घेराउ गर्न आएका कामदारहरुलाई ज्याला उपलब्ध गराईएको छ । कार्यालयमा रहेका द क्याभान कन्ट्रक्सन प्रा.ली.का एक इन्जिनियरले ठेकेदार सञ्चालकसँग कुरा गरेर पेटी ठेकेदारको खातामा पैसा जम्मा गरिदिएका छन् ।

बुधबार नै पेटी ठेकेदार बुढाले बैंकबाट पैसा निकालेर त्यहाँ उपस्थित भएका मजदुरको ज्याला दिएको अतिराम रोकायले जानकारी दिनुभयो । बाँकि मजदुरहरुलाई पनि क्रमैसँग ज्याला दिईने बताईएको छ ।

मजुदरले पैसा नपाएकाे गुनासाेपछि मूलपाटी डटकमले  चौरजहारीमा सडक निर्माणमा काम गरेका कामदारले ज्याला पाएनन् शिर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारपछि पेटि ठेकेदार नारायण बुढाले मुख्य ठेकेदार कम्पनीलाई कामदारको ज्याला दिन निरन्तर छलफल गर्दै आउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्