Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पाँच देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप

२०७९ भदौ २
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर (बायोएन्टेकको बायोएनटेक) खोप लगाइने भएको छ ।
पाँच वर्षदेखि ११ वर्ष उमेर मुनिका बालबालिकालाई भदौ ७ देखि ११ गतेसम्म फाइजर खोप लगाइने भएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा बसेको जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार यो पटक पहिलो मात्राको खोप लगाउनुपर्ने छ । पहिलो खोप लगाएको २१ दिन देखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ । त्यसको लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम दिइन थालेको पनि उहाँले बताउनुभया ।

स्वास्थ्य सेवा कार्यालयको अनुसार तथ्याङ्क अनुसार जिल्लामा  ५ वर्षदेखि ११ वर्षमुनिका बालबालिकाको सङ्ख्या ११ हजार ५ सय ७ रहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्