Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्यार्थी चढेकाे डुङ्गा पल्टिँदा २५ जना घाइते

tribeni2

दाङ / दाङमा विद्यार्थी चढेको डुङ्गा राप्ती नदीमा पल्टिँदा २५ जना घाइते भएका छन् । दाङको देउखुरीमा विद्यालय जान लागेका विद्यार्थीहरु चढेको डुङ्गा राप्ती नदीमा पल्टििएको हो ।

लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यमिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी चढेको डुङ्गा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिनुभयो ।

डुङ्गा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेका थिए । नदीमा खसेका २५ जना विद्यार्थी मध्य तीनजनाको अवस्था गम्भीर रहेको र अरुको अवस्था भने सामान्य रहेको केसीले बताउनुभयो ।

‘डुङ्गाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ केसीले भन्नुभयोु डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए। माछा मार्ने माझीले उद्धार गरेका हुन्।ु

डुङ्गा पल्टिँदा केही विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला नदीमा बगेको छ। पौडी खेल्न सक्ने जति आफैँ नदीबाट बाहिर आएका र अन्यलाई उद्धार गरिएको केसीले बताउनु भयो ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्