Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नदीमा भेटिएको शवको हत्या भएको आशंका

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी नदीमा भेटिएको शवको हत्या गरिएको आशंका गरिएको छ ।

बुधबार सानीभेरी गाउँपालिकाको वडा नम्बर २ र ४ को विचमा रहेको सानीभेरी नदिको टापुमा सानीभेरी ९ का ३२ वर्षीय अमर विकको शव भेटिएको थियो ।

विकको कसैले हत्या गरि नदीमा फालिएको हुन सक्ने आरोप घरपरिवारले लगाएका छन । प्रहरीले भने यस विषयमा केही पनि नखुलेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

उक्त शव पोस्टमार्टम पछि आज घरपरिवारले बुझेको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्