Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा भदौ ५ गतेदेखि बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाईने

tribeni2

रुकुम पश्चिम / भदौ ५ गतेका आईतबार देखि रुकुम पश्चिममा बालिकाहरुको लागि कोरोना बिरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य सेवा रुकुम पश्चिमले ५ देखि ११ वर्ष उमेरका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम संचालन गर्न थालेको हो ।

कोभिड विरुद्धको फाईजर खोप अभियान अन्तर्गत बालबालिकाहरुको लागि खोप कार्यक्रम संचालन गरिएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका खोप अधिकृत कृष्णा खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्लाका करिब २३ हजार बालबालिकाहरुले कोभिड विरुद्धको खोप पाउने छन् । भदौ ५ गतेदेखि खोपको पहिलो मात्रा लगाउन सुरु हुनेछ भने पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउन सुरु हुने छ ।

जिल्लामा पहिलो पटक ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई पनि कोभिड विरुद्धको खोप लगाउन लागिएको हो । यो खोप सुरक्षित र प्रभावकारी रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य सेवा कार्यालयले अनुरोध गरेको छ ।

खोपका लागि स्थानीय तहमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासंग सम्पर्क गर्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्