Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चट्याङ लागेर दुई बाख्रा मरे

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा चट्याङ लागेर बाख्रा मरेका छन् । 

शुक्रबार बिहान पानीसँगै परेको चट्याङका कारण चौरजहारी नगरपालिका १४, फल्लेघरस्थित गोपे पुनका दुईवटा बाख्रा मरेका हुन् ।

वडा सदस्य सन्तोष ओलीका अनुसार फरक फरक घरमा बाँधिएका ब्याउने बाख्रा चट्याङ लागेर मरेका हुन् । चट्याङ लागेर सोहि ठाउँकी मनिषा पुनको घरमा क्षति पुगेको छ । अन्य केहि घरका भित्ताहरु चर्किएको र कुनै मानविय क्षति नभएको ओलीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १३:०८
प्रतिक्रिया दिनुहोस्