Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गजल - विनिता कार्की

tribeni2
  • गजल  

कस्तो छ काम? सोध्छिन् आमा, के भनूँ?
देखे रोलिन् ठेला हत्केलामा, के भनूँ?

यो सरकार छुवाछुत हटिसक्यो भन्छ
मलाई अझै छेक्छन पँधेरामा के भनूँ?

मैले वरदान माग्ने अवसर पाएको हौं
जिब्रो चढाएपछि ढुगांमा के भनूँ ?

आउँ पहिला बस्तीमा अस्पताल राखौ
अनि राखौला तिमीलाई आँखामा के भनूँ?

कि उसलाई कि हामीलाई छोड भन्छन घरमा
तिमी नै भन यस्तो अवस्थामा म के भनूँ ?

- विनिता कार्की

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्