Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

करेन्ट लागेर बाबु र छोराको मृत्यु

tribeni2

बाँके / नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ का अन्दाजी ४० वर्षीय परशुराम कलवार उहाँका २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उहाँलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट लागेर गम्भीर घाइते भएपछि नेपालगञ्जको नर्सिङ होममा उपचारको क्रममा दुवै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपि)रामप्रसाद घर्तीले बताउनुभयो ।

शव परीक्षणका लागि भेरी अस्पताल लगिएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्