Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विप्लवको बन्द: ठाउँ ठाउँमा बिष्फोट

काठमाडौ‌ ५ बैशाख
tribeni2

आज नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा ठाउँ ठाउँमा बिष्फोटका घटना भएका छन् । 

पाल्पामा सुतली बम पड्किएको छ । रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहिवार बिहान बम विष्फोट भएको हो। कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतीक्षालयमा सुतली बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए। 

विष्फोटबाट प्रतीक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ। कार्यालयको झ्यालका सिसा फुटेका छन्। 

यसैगरी बाग्लुङमा भेटिएको बम सेनाको डिस्पाेजल टाेलीले निस्किय पारेको छ । त्यस्तै काभ्रेको पनौतीमा पनि विप्लव समूहले राखेको बम सेनाले निस्किय पारेको छ । बम विप्लव समूहले पड्काएको हुनसक्ने अनुमान गरिएको छ । 

हिजो नै पुर्वी नवलपरासीको सिजि शाश्वत धाममा पनि बम  बिष्फोट भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख ५, २०७६  ०७:०४
प्रतिक्रिया दिनुहोस्