Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल क्रान्तिकारीले रुकुम पूर्वमा शैक्षिक सुधार र संघर्षका कार्यक्रम सुरु गर्ने

२०७९ भदाै ५
tribeni2

रुकुम पूर्व / अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति रुकुम पूर्वले जिल्लामा शैक्षिक सुधार र संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको छ । शनिबार समितिको चौथो पूर्ण बैठकको अवसर पारेर विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान उद्घाटनसँगै शैक्षिक सुधार र संघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

भूमे गाउँपालिकाको केन्द्र खावाङवगरमा बसेको बैठकले उक्त अभियानको उद्घाटन गरेको हो । बैठकमा आगामि कार्ययोजना, संगठनात्मक कार्य, संघर्षका कार्यक्रम र रचनात्मक कार्यक्रमहरुको बिषयमा छलफल गरिएको छ । अब जिल्लामा रहेका प्रत्येक बिद्यालयमा पुगेर बिद्यार्थी र अखिल क्रान्तिकारीको दुरि नजिक बनाई शैक्षिक सुधारका लागि बिभिन्न कार्यक्रमहरु गरिने बताइएको छ । यस अभियानमा जिल्लाका लागि कार्यविभाजन पनि गरिएको छ ।

जस अन्र्तगत सिस्ने गाउँपालिकाको कमान्डमा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष रेवन खड्का रहनुभएको छ भने प्रेमबहादुर खत्री, सोहेल श्रेष्ठ, पुजन खड्का, अमर खत्री र सुधा कार्की, सदस्यमा रहुनुभएको छ । यस्तै भूमे गाउँपाकिाको कमान्डमा केन्द्रिय सदस्य बेदना बुढामगर रहनुभएको छ । जसमा चन्द्र रसाइली, मिलन बिक, आस्था बिक, श्रृजना पुनमगर, सिर्जना रोका, अदिता घर्ती, प्रिन्सा घर्ती र सन्तोषि बिक सदस्य रहनुभएको छ ।

पुथाउत्तरगंगा गाउँपालिको कमान्डमा लुम्विनी प्रदेश कमिटि उपाध्यक्ष रुपेन्द्र मल्ल रहनुभएको छ । जसमा कल्यान पुनमगर, युविक बिक, बिरस रसाइली, बिमल बिक र रवि गुरुङ रहनुभएको छ । बैठकमा अखिल क्रान्तिकारि जिल्ला कमिटीका सचिव चन्द्र रसाइलीले लुम्बिनी प्रदेशको सर्कुलर वाचन गर्नुभएको थियो । बैठकमा जिल्लाका ३ गाउँपालिकाबाट एक एक जनाले रिपोर्टिङ गरेका थिए ।

सिस्ने गाउँपालिकाबाट लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेमबहादुर खत्री, भूमे गाउँपालिकाबाट भूमे गाउँकमिटि सदस्य आस्था बिक र पुथाउत्तरंगा गाउँपालिकाबाट जिल्ला कमिटी सदस्य बिमल बिकले रिपोर्टिङ गर्नुभएकाे थियो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा रुकुम पूर्वका जिल्ला अध्यक्ष रेवन खड्काको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओलीको प्रमुख आथित्यता रहेको थियो । बैठकमा नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिती प्रमुख मेघबहादुर श्रेष्ठ र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक होमप्रकाश श्रेष्ठको विशेष आतित्थ्थता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०९:०८
प्रतिक्रिया दिनुहोस्