Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यस्तो छ रुकुम पश्चिममा तोकिएको एम्बुलेन्सको नयाँ भाडादर

tribeni2

रुकुम पश्चिम / एम्बुलेन्स संचालकहरुले बिरामीहरुबाट मनोमानी रुपमा भाडा लिने गरेको गुनासो आएपछि  रुकुम पश्चिममा एम्बुलेन्सको नयाँ भाडादर कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्च्मिले सेवाग्राहिको गुनसोपछि भाडादरमा एकरुपता कायम गर्न नयाँ भाडादर कायम गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको एम्बुलेन्स भाडा निर्धारण समितिको बैठकले यस अघिको भन्दा भाडादरमा केहि बृद्धि गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले अब बिरामीका लागि कच्ची बाटोमा प्रतिकिमि दुई सय र पक्की बाटोमा प्रतिकिमि १५० रुपैयाँ भाडा तोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार समितिले स्वास्थ्य सेवा कार्यालय सल्ले र मुसीकोट नगरपालिकाबाट जिल्ला भित्र र अन्य जिल्लामा जानका लागि नयाँ भाडादर तोकेको हो ।

अबदेखि मुसीकोटबाट चौरजहारीका लागि सात हजार र रुकुम पूर्वका लागि ६ हजार रुपैयाँ भाडा कायम गरिएको छ । मुसिकोटबाट सल्यानका लागि आठ हजार पाँच सय, सुर्खेत सम्मको लागि १५ हजार, रुकुम पूर्व बागलुङ हुदै काठमाडौँ ३३ हजार र सल्यान दाङ हुँदै काठमाडौको लागि ३५ हजार रुपैयाँ भाडा लिन पाउने व्यवस्था मिलाइएको छ ।

यस्तै मुसिकोटबाट तुल्सीपुरका लागि १३ हजार, घोराहीको लागि १४ हजार र नेपालगञ्जको लागि १८ हजार रुपैयाँ भाडादर कायम गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बैठकले गन्तव्य स्थानसम्मको भाडा असुल गर्दा अनिवार्य रुपमा बिल दिनुपर्ने र तोकिए भन्दा बढी भाडा असुलेको पाईएमा कारबाही गर्ने निर्णय गरेको छ । यसका साथै गत बर्षको बार्षिक प्रतिवेदन यहि भदौ २५ र मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गते भित्र समितिलाई पेश गनुपर्ने निर्णय गरिएको छ ।

नविकरण नभएका एम्बुलेन्सहरु तत्कालै नविकरण गर्ने, भदौ महिना भित्र सबै एम्बुलेन्समा जिपिएस जडान गर्ने, ग वर्गका एम्बुलेन्सहरु ख वर्गमा लिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय समेत समितिले गरेको छ ।

नयाँ भाडादर :

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १७:०८
प्रतिक्रिया दिनुहोस्