Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वाईसीयलको अध्यक्षमा सुबोध सेर्पाली चयन

tribeni2

रुकुम / नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सुबोध सेर्पाली चयन हुनुभएको छ । काठमाडौंमा आइतबार सम्पन्न दोस्रो राष्ट्रिय भेलाबाट सेर्पालीको नेतृत्वमा ६१ पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो ।

महासचिवको जिम्मेवारी गणेश शाहीले पाउनुभएको छ । अध्यक्ष शेर्पाली रुकुम पूर्व र महासचिव शाही सल्यान जिल्ला निवासी हुनुहुन्छ ।

वाईसीएलको गत भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेलाबाट संगठनात्मक संरचना टुंग्याउन नसकेपछि यही शुक्रबार र शनिबारका लागि दोस्रो भेला बोलाइएको थियो । गत भदौको भेलापछिको पहिलो पूर्ण बैठकले संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सेर्पालीलाई सर्वसम्मत चयन गरेको थियो । ४० वर्ष उमेर हदका कारण वाईसीएलको नेतृत्वमा सेर्पालीले आउनुभएको हो ।

भेलाबाट रुकुम पश्चिमका शैलेश शर्मालाई सचिव पदमा चयन हुनुभएकाे छ । त्यसैगरी रुकुम पश्चिमकै लक्ष्मण ओली, जनक विश्वकर्मा, भुषण रावल, शुशिला शाहि केन्द्रीय सदस्य हुनुभएको छ । रुकुम पूर्वबाट भुपेन्द्रा बुढा, टिकासाई घर्ती र मनबहादुर बिसी केन्द्रीय सदस्या चयन हुनुभएको वाईसियलले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्