Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटको सिसाखोला जंगलबाट एक बेवारिसे महिलाको उद्धार

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमबाट एक जना बेवारिसे महिलाको उद्धार गरिएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ३ सिसाखोला जंगलबाट आईतबार महिलाको उद्धार गरिएको प्रहरीले हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार सिसाखोलाको जंगलमा बेवारिसे अवस्थामा महिला रहेको सूचना पश्चात प्रहरीले उद्धार गरेर जिल्ला ल्याएको हो । अन्दाजी ५०/५५ वर्षकी निज महिला हालसम्म बोल्न सक्ने अवस्थामा नरहेको बताईएको छ । उनले आफ्नो नाम र ठेगाना बताउन नसकिरहेको प्रहरीको भनाई छ ।

धेरै दिन देखि खान नपाएको अवस्थामा रहेकी उनलाई अहिले उपचारको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । सामान्य हिन्दी शब्दहरु बोल्ने गरेकोले उनी जिल्ला बाहिरबाट आएर अलपत्र परेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्