Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

महालक्ष्मीको 'स्टार एजेन्सी मेनेजर अवार्ड' रुकुमकी लक्ष्मीलाई प्रदान

tribeni2

रुकुम पश्चिम / महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड रुकुम शाखामा कार्यरत अभिकर्ता लक्ष्मी केसी सम्मानित हुनुभएको छ । केसीलाई महालक्ष्मी लाईफ ईन्स्योरेन्सको केन्द्रिय कार्यालयले आईतबार एक कार्यक्रमका बीच स्टार एजेन्सी मेनेजर अवार्डबाट पोखरामा सम्मान गरेको हो ।

देशैभरिबाट धेरै पोलिसी दिने अभिकर्ताको (स्टार एजेन्सी मेनेजर) रुपमा केसीलाई अवार्ड दिएर सम्मान गरिएको हो । पोलिसी धेरै दिनुका साथै धेरै अभिकर्ता सक्रिय बनाउन महत्वपूण भूमिका निर्वाह गरेको भन्दै केसीलाई अवार्ड प्रदान गरेको महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड मुसिकोट शाखा कार्यालय प्रमुख ब्युझना पुन देवकोटाले जानकारी दिनुभयो ।

कम्पनीका सिइयो रमेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लक्ष्मीले विभिन्न ६ वटा पदक हात पार्नुभएको बताईएको छ ।

यसैगरी रुकुम पश्चिमको मुसिकोट शाखाबाटै कार्यरत कविन्द्र पुनले पनि महालक्ष्मी दिप पदक प्राप्त गर्नुभएको छ । पुनले एजिएम क्लवको समेत पदक जित्नुभएको छ । उहाँलाई पनि सोहि कार्यक्रममा सम्मान गरिएको छ ।

रुकुम शाखाबाट सक्रिय रहेका अभिकर्ताहरु मध्य आर्थिक वर्ष २०७८/०७९ मा एक जना डिसियो क्लव र एक जना एजिएम क्लव पुग्न सफल हुनुभएको छ । त्यसैगरी मुसिकोट शाखाकै लुम्बिनी गौतम र मुना केसी एरीले आरएम क्लबको उपाधि पाउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्